Skip links

छोरा-छोरीलाई

तिमीले आकाशको विशालता चुम्नु पर्दैन
नेपालको माटो चुमे पुग्छ
नेपालभित्र पनि तिमीले
सगरमाथाको शिरै चुम्नु पर्दैन
नेपालीको मन चुमे पुग्छ

चन्द्रमा छुने सपनामा
धर्ती बिर्सिएको संसारमा
तिमी यो माटोमा हिँडिदिए पुग्छ
तराइ, पहाड र हिमालसामु नुहिदिए पुग्छ
तिमीले समृद्धिको संसार बुन्नु पर्दैन
नेपालको शान बोकिदिए पुग्छ
त्यही शानभित्र तिमीले
नेपालीको मान खोजिदिए पुग्छ

खुशी खोज्ने होडमा
मानवता बिर्सेको दुनियाँमा
मुटु छोडेर उडेका मान्छेहरूको हूलमा
तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ
जिन्दगीको आर्जन यहीं रोपिदिए पुग्छ !

रवीन्द्र मिश्र | २८ मंसिर २०७१
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.