Skip links

पहिला ८ सयले हारेँ, यसपटक ८ हजार मतान्तरले जित्छु : रवीन्द्र मिश्र

Originally published on thahakhabar | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ८ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्।

उनी काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। उनले यसपटक पनि कांग्रेसका पुरानै प्रतिस्पर्धी पाएका छन्।

यस क्षेत्रमा चार दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले फेरि पनि प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ।

‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’ मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यति धेरै उतारचढाव बेहोरेर र हन्डर खाएर आउँदा पनि यति धेरै माया पाइ रहेछु कि त्यसले मलाई द्रवीभूत बनाएको छ। शब्दमा व्यक्त गर्न सक्दिनँ। मैले वाचा गरेको छु, म तपाईँहरूले सम्झन र गर्व गर्न योग्य सांसद बन्नेछु।’

२०७४ सालको निर्वाचनमा मिश्र ८ सय १८ मतान्तरले कांग्रेस नेता सिंहसँग पराजित भएका थिए। सिंह १० हजार ९३६ मत ल्याएर विजयी भएका थिए ।

काठमाडौं १ मा अहिले देशभरिमा सबैभन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाएको छ। पुकार बम, रमेश खरेललगायतका नेता पनि यहि क्षेत्रबाट प्रतिस्पर्धामा छन्।

Leave a comment

This website uses cookies to improve your web experience.