Skip links

रवीन्द्र मिश्र भन्छन्– चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात

Originally published on Shilapatra | साझा विवेकशीलका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राजनीतिप्रति आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘पछिल्लो समयमा कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर आफ्ना दृष्टिकोणहरू बनाएको छु । तत्कालको व्यक्तिगत सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो भन्नेमा दृढ छु ।’

उनले आफू राजनीतिबाट पछि नहटेकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘म पछि हटेको छैन, बरू पहिलेभन्दा अझ स्पष्टरूपमा एक कदम अघि बढ्नेछु। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम हुँदो रहेछ, राजनीति गर्नु पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो।’

आफ्नो जन्मदिनका अवसरमा शुभकामना दिनेहरूले राजनीतिबाट पछि हटेको आशंका गरेको भन्दै मिश्रले त्यो विषयमा स्पष्ट पार्ने प्रयास गरेका हुन् । उनले अगाडि भनेका छन्, ‘वैचारिक विमतिहरूलाई म सदा झैँ शिष्टतापूर्वक ग्रहण गर्नेछु । हार स्वीकार गर्नेछु तर लोकतान्त्रिक प्रकृयाबाट भाग्ने छैन । एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा मेरो साथ रहिरहनेछ ।’

Leave a comment

This website uses cookies to improve your web experience.