Skip links

नेपालको राष्ट्रियता अहिलेको जस्तो कमजोर कहिल्यै थिएन : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राष्ट्रियता अहिलेको जस्तो कमजोर कहिल्यै नभएको दाबी गरेका छन

शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल प्राज्ञिक परिषद्ले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल युद्धमै सहभागी हुँदा पनि राष्ट्रियता कमजोर नभएको बताए।

‘नेपालको राष्ट्रियता अहिलेको समयमाजस्तो कहिल्यै कमजोर भएको थिएन। नेपाल युद्धमा जाँदा र सहभागी हुँदा पनि राष्ट्रियता कमजोर भएन,’ उनले भने।

उनले भारतविरोधी भावनाबाट राष्ट्रवादको चर्चा हुनु राम्रो नभएको बताए।

‘भारतविरोधी जुन भावनाबाट राष्ट्रवादको चर्चा गरिन्छ, त्यो सही होइन। उत्तेजक राष्ट्रवादले नेपालको हित गर्दैन,’ उनले भने।

स्व. नेता बिपि कोइरालाले अन्तिम घडिसम्म पनि राजसंस्थासँग आफ्नो घाँटी जोडिएको बताएको स्मरण गर्दै मिश्रले भने, ‘२ तिहाइको सरकार भंग गराइँदा, ८ वर्ष नेपालको जेलमा बस्न बाध्य बनाइँदा, राजद्रोहको मुद्दा लगाउँदा पनि अन्तिम घडीसम्म बिपि कोइरालाले किन भने– नेपालको राजसंस्था र मेरो घाँटी जोडिएको छ भनेर?’

नेपालमा राजा, राजनीतिक दल र जनता नमिलि नहुँदै बुझेरै कोइरालाले मार्ग परिवर्तन गरेको बताए।

‘राष्ट्रियता जोगाउनु ठूलो थियो, तर अहिले देश प्रधान रहेन। राष्ट्रियता भूगोल हो, राष्ट्रियता देशको माटो हो, लुगा हो, माटो हो, लुगा हो, भाषा हो,,’ उनले भने, ‘आज ती हरेक पक्षमा क्षयीकरण आएको छ। नेपालको धर्म, संस्कृतिमा यो स्तरमा आक्रमण कहिल्यै भएको थिएन। तित्तता कहिल्यै फैलाइएको थिएन।’

Source: नेपालखबर

Leave a comment

This website uses cookies to improve your web experience.