Skip links

राप्रपाका एजेण्डा स्थापित नभई राजनीति ठीक ठाउँमा आउँदैन : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीका एजेण्डा स्थापित नभई देशको राजनीति ठीक ठाउँमा नआउने बताएका छन् ।

पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले डाकेको भेलापछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै मिश्रले राप्रपाको एजेण्डाले मात्रै निकास दिने बताएका हुन् । ‘राप्रपाका मूलभूत एजेण्डा स्थापित नभई यो देशको राजनीति ठीक ठाउँमा आउँदै आउँदैन,’ उनले लेखेका छन्, ‘त्यसका लागि राप्रपा एक ढिक्का भएर अघि बढ्न जरूरी छ। कमजोर र विभाजित पार्टीले कुनै हालतमा आफ्नो एजेण्डा स्थापित गर्न सक्दैन।’

८५ वर्षका चन्दले बोलाएको भेलालाई गुटबन्दी भनेकोप्रति पनि मिश्रले आपत्ति जनाएका छन् । ‘स्वास्थ्यका कारण घरबाट बाहिर हिँडडुल गर्न गाह्रो पर्ने झण्डै ८५ वर्ष उमेरका पार्टीका एकमात्र जिवित संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाट र छलफलका लागि मैले ‘निर्देशन समिति’ मा रहेका साथीहरूलाई शनिवार ३ बजे बोलाउँदै छु, आउनोस् न है भन्नुभएपछि नजाने भन्ने कुरै थिएन। शिष्टताको लागि पनि जानै पर्थ्यो,’ मिश्रले लेखेका छन्, ‘भेटघाटमा पूराना नेताहरूको ‘नोस्ट्यालजिक’ हाँसठट्टादेखि लिएर, देशको राजनीति, पार्टीको राजनीति, पारिवारिक कुराकानी सबै भए। त्यति राम्रो भेटघाटलाई गुटबन्दी भनेर सूचना दिने पनि कस्ता होलान्, छाप्ने पनि कस्ता होलान् !’

सबल र सुदृढ राप्रपा बनाएर भाबी पुस्ताका लागि बस्न योग्य देश बनाउनमा आफू केन्द्रित हुने पनि उनले बताएका छन् ।

 

Source: लोकान्तर

Leave a comment

This website uses cookies to improve your web experience.