Skip links

प्रकाशमानलाई रवीन्द्र मिश्रको चेतावनी– आगामी चुनावमा तपाईंलाई नहराइ छोड्दिनँ

​राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा प्रकाशमानलाई हराएरै छोड्ने चेतावनी दिएका छन् ।

यसअघि दुवैपटक सिंहसँग हारेका मिश्रले सामाजिक सञ्जालमा लेख्दै सिंह आफूसँग हारेको दिन देशको वास्तविक रुपान्तरणको शंखनाद हुने घोषणा गरेका हुन् ।

‘एक्लै-एक्लै फाइट गर्ने ? एक्लै-एक्लै लडेको भए मैले तपाईं (प्रकाशमान सिंह)लाई दुवैपटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकण्डा अपनाएर, अर्काको बुई चढेर जित्नुभयो। त्यो पनि बल्ल-बल्ल थोरै-थोरै मार्जिनले। तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ? तपाईंको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभाछ ? चुनाव जित्दैमा, मन्त्री र प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ। मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौं गुणा बढी छ,’ मिश्रले लेखेका छन्, ‘अब तेस्रोपटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई नहराइ त कहाँ छोडुँला र ! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतीकात्मक रूपमा बुझ्नुहोला।’

मिश्र सिंहसँग काठमाडौं- १ मा २०७९ को चुनावमा १२५ र २०७४ मा ८१९ मतले पराजित भएका थिए ।

 

Source: लोकान्तर

Leave a comment

This website uses cookies to improve your web experience.