Skip links

संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्तिबाहेकका काम हुन नसकेको बताएका छन्।

शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन्।

उनले विवेक हराएर निदाएका नेताहरूलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता जनाए।

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनै पनि देश आर्थिक रूपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारे।

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए। उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवर्द्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए।

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरूको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहितका नेताहरू माइतीघर पुगेका थिए।

Source: Pardafas

Leave a comment

This website uses cookies to improve your web experience.