पूर्वराजासँग राप्रपा नेताहरूले कोट्याए ‘भद्र सहमति’को प्रसङ्ग, ज्ञानेन्द्रको जवाफ के
राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्न बुधवार झापा पुगे।
विगत केही महिनादेखि दमक बस्दै आएका पूर्वराजासँग त्यसअघि गत महिना राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेट गरेका थिए। त्यो उनको दुई महिनामै दोस्रो भेट थियो।
फागुन एक गते झापाका व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको एउटा अभियानको उद्घाटनमा सहभागी भएका पूर्वराजा शाहलाई भेट्न पुगेका राप्रपा नेताहरूले नेपालमा गणतन्त्र घोषणाअघि दलहरूसँग भएको दाबी गरिएको भद्र सहमति कार्यान्वयनबारे छलफल गरेको मिश्रले बताएका छन्।
“संसद्ले उत्तराधिकारी निर्धारण गर्ने र छोरी पनि उत्तराधिकारी हुनसक्ने र गद्दीमा आसीन हुनसक्ने भनेर निर्णय गरेको थियो,” भेटबारे मिश्रले बीबीसी नेपालीसँग भने।
“त्यो सहमतिमा फर्किनुपर्छ भन्ने हामीले उठाएका थियौँ।”
Source: BBC