पूर्वराजाको जन्मदिनमा रवीन्द्र मिश्रको याचना : यो देशमा कोही नबस्ने भए, छिट्टै राजगद्दीमा आइदिनुस्
काठमाडौँ: राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गरेका छन्।
ज्ञानेन्द्रको जन्मदिनको अवसर पारेर मिश्रले फेसबुकमार्फत उनलाई फर्किन आग्रह गरेका हुन्। उनले देश संकटउन्मुख छैन भन्ने हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही पनि नेपाल बस्नेवाला नभएका भन्दै ज्ञानेन्द्रलाई देश बचाउन भनेका हुन्।
उनले लेखेका छन्- राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै “नवीन समझदारी” मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।
Source: https://www.ukeraa.com/news/detail/135591/