बटुकद्वारा स्वस्ती वाचन र शंख बजाएर राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र
Originally published on lokaantar | साझा विवेकशील पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन् ।
बुधवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गरेका हुन् ।
सनातन धर्ममा विश्वास गर्ने पार्टी भएकोले पार्टी प्रवेश कार्यक्रममा बटुकले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा शंख बजाइएको थियो ।
मिश्रलाई राप्रपामा स्वागत गर्दै नेता बुद्धिमान तामाङले राजेन्द्र लिङदेन र रवीन्द्र मिश्रले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरे ।