Skip links

ओलीजीको ऊर्जा र लगन अनौठो छ, मलाई नआत्तिनुहोला भन्नुभयो : रवीन्द्र मिश्र

Originally published on lokaantar | विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ऊर्जा र लगन अनौठो रहेको बताएका छन् ।

आइतवार साँझ भएको भेटबारे सोमवार सार्वजनिक गर्दै मिश्रले ओली राति १२–१ नबजी नसुत्ने बताए ।

भेटबारे मिश्रले भनेका छन् – ‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?’ मैले सोधें । उहाँले भन्नुभयो, ‘म अहिले पनि राति सुत्नुअघि कम्तीमा १ घण्टा पढ्छु ।’

ओलीसँगको भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उनको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौं विषयमा कुराकानी भएको मिश्रले बताए ।

मिश्रले अगाडि लेखेका छन् – सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनुहोला ।’

ओलीले मिश्रलाई चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको १ र २ रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएका छन् ।

Leave a comment

This website uses cookies to improve your web experience.