Skip links

ओलीले रवीन्द्र मिश्रलाई दिए एक मुठी सिक्का उपहार

Originally published on nagariknews | विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ।

सोमबार मिश्रले ट्वीट गर्दै ओलीकै निवास बालकोटमा आइतबार साँझ ६ बजे  भेटवार्ता गरेकाे जानकारी दिएका हुन्।

ओलीसँग अढाई घण्टा भेटवार्ता गरेकाे  नेता मिश्रले बताएका छन्।  भेटमा उनले आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उनको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भएको  बताएका छन्।

ओलीजीसँग अढाई घण्टा !

“तपाईं धर्मसंस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।” उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२र०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ। ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो। 

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ! 

Leave a comment

This website uses cookies to improve your web experience.