Skip links

काठमाडौं-१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

Originally published on ekantipur | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको थापागाउँमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठक लगायत नेताहरूको उपस्थितिमा शुक्रबार मिश्रले उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भने उपस्थित थिएनन् । घोषणा सभामा पूर्वअध्यक्ष लोहनीसहित महामन्त्री पाठक, प्रवक्ता मोहन श्रेष्ठ लगायत नेताहरू रहेको मिश्रको सचिवालयले जानकारी दिएको छ।

राप्रपासँग एकता गरी वरिष्ठ उपाध्यक्षमा नियुक्त भएको एक साता नबित्दै नेता मिश्रले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि मिश्र सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । तर त्यस क्रममा उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८ सय १८ मतान्तरले पराजित भएका थिए । नेता सिंह १० हजार ९३६ मत ल्याएर विजयी बनेका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.