Skip links

रवीन्द्र मिश्र भिड्ने ठाउँमा पनि एमालेको उम्मेदवार, प्रकाशमानलाई कतिको होला सहज?

Originally published on pahilopost | काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाउने भएको छ। राप्रपासँग तालमेलको तयारी गरे पनि एमालेले यहाँ पौडेललाई टिकट दिएको एमाले जिल्ला अध्यक्ष कृष्ण राईले बताए।

राप्रपाबाट रवीन्द्र मिश्रले यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। विवेकशील साझाबाट केही समयअघिमात्र राप्रपा प्रवेश गरेका मिश्रले नयाँ बानेश्वरको बानेश्वर ब्याङ्क्वेटबाट उम्मेदवारी घोषणा गरेका हुन्।

यसअघि ०७४ सालको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहसँग मिश्र ८१८ मतले पराजित भएका थिए। यसपटक प्रकाशमानलाई गठबन्धनले यही क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमानले यसअघि नै ह्याट्रिक जित निकालिसकेका छन्। सिंह पहिलो संविधानसभाको निर्वाचनबाट यस क्षेत्रमा लगातार विजयी हुदै आएका छन्। अघिल्लोपटक झिनो मतले निर्वाचित भएका प्रकाशमान यसपटक थप बलियो भएको बताइन्छ।

यसो त यस क्षेत्रमा पुकार बमदेखि पूर्व डिआइजी रमेश खरेलसम्मले चुनाव भिड्ने तयारी गरेका छन्।

Leave a comment

This website uses cookies to improve your web experience.