प्रकाशमान हराउने अभियानमा डम्बर साहु, रवीन्द्र मिश्रलाई समर्थन
Originally published on makalukhabar | काठमाडौंँ १ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर प्रकाशमान सिंह हराउँने अभियानमा लागेका छन् ।
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने भन्दैआफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा पनि गरेका छन् ।
उनले अब राप्रपाका रवीन्द्र मिश्रलाई साथ दिने भएका छन् भने अन्य उम्मेदवार रमेश खरेल, किरण पौडेल र पुकार बमलाई पनि समर्थन गर्ने जनाएका छन् ।
१५ वर्षसम्म यही क्षेत्रबाट जितेपनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउने उनको लक्ष छ ।
उनले नेता सिंहलाई हराउर्नैपर्ने १० कारण समेत दिएका छन् ।
विज्ञप्ति: