निर्वाचन नतिजाले नेतृत्व छाडेँ, विचलित भएको छैन : रवीन्द्र मिश्र
Originally published on thahakhabar | काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बाहिर नभएको बताएका छन्। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मात्रै पार्टीको नेतृत्वबाट आफूले राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। म लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’ उनले भने, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थन मैँ छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु।’
स्थानीय निर्वाचन २०७९ मा पार्टीले सोचेजस्तो मत प्राप्त गर्न नसकेको भन्दै मिश्रले नैतिकताका आधारमा पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। यद्यपि, पार्टी केन्द्रीय समितिले अर्को अध्यक्ष चुनिसकेको छैन।
साथै नेता मिश्रले सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुने अपेक्षा गरेका छन्। आगामी संघीय र प्रदेश निर्वाचनमा पार्टीले सक्रियतासाथ भाग लिने र जनताको मन जितेर मत बढाउने पनि उनले बताउँदै आएका छन्।