बालेन र सुनितालाई बधाई दिँदै रवीन्द्र मिश्रले भने- निराशाका बीच आशाको ज्योति बनेर उदाउनुभयो
Originally published on farakdhar | विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको मेयर/उपमेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) र सुनिता डंगोललाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत शाह र डंगोललाई बधाई तथा शुभकामना दिएका हुन् ।
‘बालेनजी/सुनीताजीलाई बधाई तथा शुभकामना! चुनावअघिको कुरा बेग्लै हो । नतिजापछिको कुरा बेग्लै हो । तपाईंहरू दुवैजना ठूलो निराशाका बीच आशाको ज्योति बनेर उदाउनुभएको छ । त्यो ज्योतिले काठमाडौंको गौरव पुनर्स्थापित गर्न र काठमाडौंलाई उदाहरणीय शहर बनाउन सकोस्, मेरो हृदयदेखिको शुभकामना,’ मिश्रले लेखेका छन् ।
बिहीबार राति सम्पन्न मत मतगणनामा मेयरमा बालेन ६१ हजार ७६७ मत र उपमेयरमा सुनिता ६८ हजार ६१२ मतका साथ विजयी भए । बालेन स्वतन्त्र र सुनिता एमालेबाट महानगरको मेयरमा उपमेयरमा विजयी भएका हन् ।
उनीहरू दुवै फराकिलो मतान्तरका साथ विजयी भए ।