Skip links

रवीन्द्र मिश्रले अघि सारे नयाँ प्रस्ताव– संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह !

Originally Published on lokaantar.com | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सारेका छन् ।

“मार्ग परिवर्तन: विचारभन्दा माथि देश (Nation Above Notion)” नामक अवधारणा पत्र पार्टीमा छलफलका लागि पेश गर्दै मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षता परिमार्जन हुनुपर्ने मत व्यक्त गरेका हुन् ।

‘(क) स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, (ख) धर्म निरपेक्षताबारे जनमत संग्रह,’ अवधारणाको मूल खण्ड साभार गर्दै मिश्रले फेसबूकमा लेखेका छन्, ‘पूर्व जानकारी गराए अनुरूप मैले छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेको १०,५०० शब्द लामो “नितान्त व्यक्तिगत” धारणा नेपाली र अंग्रेजी दुवै भाषामा www.rabindramishra.com मा भर्खरै प्रकाशित भएको छ। सो दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरू निम्नानुसार रहेका छन् ।’

मिश्रले उपखण्डहरूलाई बुँदागत रूपमा फेसबूकमा उल्लेख गरेका छन्, जुन निम्नानुसार छ :

• संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत

• संघीयता नेपालको अखण्डताको लागि घातक

• नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी

• किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?

• कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?

• हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर

• गणतन्त्रमाथिको खतरा

• महिला, मधेशी, जनजाति लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता

• मार्ग परिवर्तनको प्रकृया

• वैकल्पिक राजनीति/कल्याणकारी लोकतन्त्र के हो, के होइन?

• राजनीतिक-सामाजिक एजेण्डा

• राजनीतिक-आर्थिक एजेण्डा

• परिशिष्ट: भावना र भूमिका

पछिल्लो समय संघीयता र धर्मनिरपेक्षताको विषयमा अन्य राजनीतिक दलमा पनि आवाज उठ्न थालेको छ ।

नेकपा एमालेमा अध्यक्ष ओलीका विश्वास पात्र मानिने महेश बस्नेत, गोकुल बास्कोटा तथा निरु पालले संघीयता खारेजीको पक्षमा बेलाबखत बोल्दै आएका छन् ।

बस्नेतले केही समय पहिले एमाले बैठकमै संघीयता खारेजीको प्रस्ताव राखेका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.