Skip links

नेता बन्न पार्टी खोलेको होइन : रवीन्द्र मिश्र

भ्रष्टाचार विरुद्धको अभियानका क्रममा डोटीमा आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै रवीन्द्र मीश्र ।

 

डोटी : साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता बन्नका लागि पार्टी नखोलेको बताएका छन्। पार्टीले सुदूरपश्चिम प्रदेशमा संचालन गरेको भ्रष्टाचार विरुद्धको अभियानका क्रममा डोटी पुगेका मिश्रले नेता बन्न पार्टी नखोलेको बताएका हुन्।

उनले भ्रष्टाचारको विरुद्धमा लाग्न विशेष गरी युवाहरुलाई आग्रह गरेका छन्। ‘नेता नै बन्नु थियो भने नेपालमा स्थापित भएको कुनै पनि राजनैतिक दलको सदस्यता लिएको भए म राजदुत, समानुपातिकबाट संसद वा पार्टीको कुनै मुख्य जिम्मेवारीमा हुन्थेँ’, पार्टीले आयोजना गरेको कोण सभालाई सम्वोधन गर्दै संयोजक मिश्रले भने, ‘वा मन्त्री नै बनेर पूर्व मन्त्री वा संसदको बिल्ला भिर्थेँ होला त्यसबाट म त खुसी हुन्थेँ, मेरो त प्रगति हुन्थ्यो तर देशको अवस्था अहिले जे छ त्यहि नै हुन्थ्यो।’

देशको मुहार फेर्नका लागि नयाँ दलको आवश्यकता रहेका कारण आफुले नयाँ शक्तिको रुपमा साझा विवेकशील दल खोल्नु परेको मिश्रको भनाइ छ। नेपालको भन्दा कमजोर अवस्था रहेका देशहरुले ५० वर्षको अवधिमा आर्थिक रुपमा ठुलो फड्को मारेको भए पनि नेपालको अवस्थामा कुनै सुधार नभएको उनलले बताए।

नेता वा कुनै जनप्रतिनिधिहरु जिल्लामा आएमा सँगै सेल्फी खिच्नेभन्दा भष्ट्राचार र उनीहरुले गरेका प्रतिबद्धताका बारेमा आम समुदायले सोध्नु पर्ने समेत मिश्रले बताए।

This website uses cookies to improve your web experience.