Skip links

अब जनताको मत र मन बदलिनुपर्छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्।

Originally Published on annapurnapost.com | धनगढी : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताएका छन्।

मंगलबार यहाँ आयोजित पार्टीको चुनावी सभामा उनले भने, ‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’

संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।रासस

This website uses cookies to improve your web experience.