Skip links

चिनियाँ ऋणको पासोमा धेरै देश परेका छन :रवीन्द्र मिश्र

Originally Published on www.khasokhas.com |साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपतिको भ्रमणका सन्दर्भमा आठ सुझाब दिएका छन् । उनले चिनियाँ ऋणको पासोमा धेरै देश परेको भन्दै त्यस्तो पासोबाट बच्न सावधान रहन सुझाब दिएका छन् । मिश्रले सुझाबको छैटौँ बुँदामा भनेका छन्, ‘चिनियाँ सहयोगका कारण कैयौँ देश ऋणको पासोमा परेका समाचार आउने गरेका छन् । ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ । यसमा ख्याल गरौँ ।’

मिश्रले बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लांग अँगालो हाल्ने या प्रोटोकलको ख्याल नगर्ने काम नगर्न पनि सुझाएका छन् । त्यस्तै, बढी आशावादी भएर आफ्नो वैदेशिक नीतिमा समनिकटताको दीर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सन पनि सुझाएका छन् ।

स्वागतका लागि रातारात काठमाडौंको मुहार फेरिएको देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काइरहेको हुनुपर्ने भन्दै उनले दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोसिस गरेको भए सहरको सौन्दर्य दिगो हुने उल्लेख गरेका छन् ।

This website uses cookies to improve your web experience.