Skip links

प्रधानन्यायाधीशलाई रवीन्द्र मिश्रले भने- तपाईको निर्णय जनताले स्वीकारेनन्, राजीनामा दिनुस्

Originally Published on annapurnapost.com | काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन आग्रह गरेका छन्। शनिबार न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै जबराको निर्णय विवादमा परेकाले मिश्रले राजीनामा दिन आग्रह गरेका हुन्। साझा पार्टीले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुर्नस्थापित गर्न सहायक सिद्ध हुन्छ’ मिश्रले भने ‘तपाई असाध्यै विवादित हुनुभयो। तपाईले गरेका निर्णय शंकाको घेरामा छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन्।’

मिश्रले महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने बताए।

This website uses cookies to improve your web experience.