Skip links

प्रधानमन्त्री-गोयल भेट : परराष्ट्रमन्त्री ज्ञवालीलाई मिश्रका ८ प्रश्न

Originally Published on ekagaj.com | काठमाडौं : भारतीय गुप्तचर निकाय रिर्सच एण्ड एनालाईसिस विङ (रअ) प्रमुख सामान्तकुमार गोयलको नेपाल भ्रमणका विषयमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आठ प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गोयलबीचको भेटलाई लिएर मिश्रले प्रश्न  उठाएका हुन् ।

प्रधानमन्त्रीले देशको स्वाभिमान तल्लो तहमा झारेको टिप्पणी मिश्रको छ । ‘ढाकछोपको पनि सीमा हुन्छ, यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो,’ उनले भनेका छन्,’प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ ।’

परराष्ट्रमन्त्री ज्ञवालीलाई मिश्रका प्रश्न:

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

This website uses cookies to improve your web experience.