Skip links

रविन्द्र मिश्र- पत्रकारितादेखि राजनीतिसम्म

Originally Published on Nepalishabda | रवीन्द्र मिश्रको परिचयको आवश्यकता नेपाली समाजमा छैन। प्रख्यात संचार माध्यम बिबिसीको नेपाली सेवाका संचारकर्मी मिश्र कुनै बखतका प्रखर पत्रकार हुन। आफुलाई अत्यन्तै राष्ट्रवादी सम्झिने मिश्र वैकल्पिक शक्तिको रुपमा बिबिसीको जागिर छोडेर नेपाली राजनीतिमा होमिनुभयो र पहिलेदेखि नै पृथक राजनीति वातावरण सिर्जना गर्दै आएको विवेकशील पार्टीको समानान्तर पार्टीको रुपमा साझा पार्टी खोल्नुभयो। साझा पार्टी लिएर रवीन्द्र मिश्रको प्रवेश नेपाली राजनीतिमा भएपनि युवा पुस्ताको मनमा जरा गाडेको विवेकशील र साझा बीच नेपाली समाजले कुनै भिन्नता महसुश गरेन।

व्यक्तिगत जीवन

वरिष्ठ साहित्यकार तथा चित्रकार मनुजबाबु मिश्रका छोरा रवीन्द्र मिश्रको जन्म काठमाण्डौको चाबहिलमा भएपनि सरकारी जागिरको आफ्ना काकाको संरक्षकत्वमा विद्यालयस्तरको शिक्षा उहांले नेपालको सुदुरपश्चिमान्चलको दार्चुला र डोटीका सरकारी विद्यालयबाट प्राप्त गर्नुभयो।मिश्रले नेपालको त्रिभुवन विश्वविद्यालयबाट प्रमुख अंग्रेजीमा स्नातकोत्तर गरे लगत्तै उहा पत्रकारितामा स्नातकोत्तर डिग्री हासिल गर्न पाकिस्तानको पंजाब विश्वविद्यालय जानुभयो।त्यसपश्चात उहा लन्डन विश्वविद्यालयमा भर्ना भएर अन्तर्राष्ट्रिय राजनीति विषय अध्ययन गर्नुभयो।

रवीन्द्र मिश्राले नेपाल टेलिभिजन र पाकिस्तानको अग्रणी अंग्रेजी भाषा दैनिक, न्यूज इन्टरनेसनलसँग काम गर्नुभयो । उहाँ सन १९९५ मा बीबीसी विश्व सेवामा बीबीसी नेपाली सेवाको निर्माताको रूपमा सम्मिलित हुनुभयो। पछि उनले वर्ल्ड टुडे र न्युदआओर सहित अंग्रेजी भाषाको अन्य कार्यक्रमहरूमा काम समेत गर्नुभयो। सन २००० मा उहा बीबीसी नेपाली सेवाको प्रमुख सम्पादकको रूपमा नियुक्त हुनुभयो।

सन १९६७ मा जन्मिनु भएका रवीन्द्र मिश्रले बिबिसीमा “नेपाल सन्दर्भ” कार्यक्रम मार्फत नाम चलेका नेताहरुलाई मुसुक्क हास्दै ठाडो अन्तर्वाता लिदै आच्छुआच्छु पार्ने कलाका कारण श्रोतामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो।

विवाहित मिश्रका एक छोरा र एक छोरी विदेशमा अध्ययनरत छन।

समाज सेवामा रवीन्द्र मिश्र

नेपालमा वा नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुमा ‘व्यावहारिक परोपकारी कार्य’ को प्रचार प्रसार गर्ने उद्देश्यले खुलेको सामाजिक संस्था हेल्प नेपाल नेटवर्क नामक संस्थाबाट सामाजिक सेवामा होमिनुभएको मिश्रको नारा थियो, ”नेपालीहरू र विश्वभरका नेपाललाई प्रेम गर्नेहरूलाई एक महिनामा बियरको डिब्बा वा एक कार्टुन जुस किन्ने पैसा बचाएर नेटवर्कलाई कम्तिमा ‘एक डलर एक महिना’ दान गरेर सामाजिक सेवा गरौं।” हेल्प नेपाल नेटवर्कले हाल विभिन्न विद्यालयहरुको भवन निर्माण, स्वास्थ्यसेवामा र प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्दै आएको जवाफको छ। आर्थिक पारदर्शितामा सधै विवादित उक्त संस्थाले हालै आफ्नो बीसौं वर्षगाँठ मनाएकोछ।
हाल नेपालमा मुख्य कार्यालय रहेको यस संस्थाका संजालहरु निम्न देशहरुमा रहेका छन:
१. अस्ट्रेलिया
२. अस्ट्रिया
३. क्यानडा
४. डेनमार्क
५. दुबई
६. आयरलाण्ड
७. न्युजिर्ल्याण्ड
८. कतार
९. साउदी अरब
१०. रसिया
११. दक्षिण कोरिया
१२. रसिया
१३. स्वीडेन
१४. संयुक्त राज्य अमेरिका
१५. संयुक्त अधिराज्य

जस मध्ये अस्ट्रियामा यसको संजाल बन्द भईसकेको अपुष्ट समाचार प्राप्त भएपनि हेल्प नेपाल नेटवर्कको वेबसाइटमा पदाधिकारी नामावली सहितको संजाल समुह देख्न सकिन्छ।

राजनैतिक जीवन

“स्वच्छ परिवर्तनको लागि स्वच्छ राजनीतिको खातिर इमान्दार र सक्षम नेपालीहरुलाई एकै ठाउँमा ल्याउन साझा मञ्च बनाउनु थियो।” उच्च विचारलाई धार बनाएर फेब्रुअरी २०१७ मा, मिश्रले राजनीतिमा प्रवेश गर्न बीबीसी नेपाली सेवाबाट राजीनामा गर्नुभयो। १ मार्च २०१७ मा मिश्रले औपचारिक रुपमा साझा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुभयो।
मे १४ २०१७ मा साझा पार्टीको तर्फबाट पुर्व सचिव तथा आर्किटेक्ट किशोर थापाले काठमाण्डौ महानगरपालिकाको उमेरद्वारको रुपमा प्रतिस्पर्धा गर्नुभयो र १८४९६ मत अर्थात ९,३८ प्रतिशत मत पाउन सफल हुनुभयो। मिश्र स्वयं पनि २०१७ को नोभेम्बरमा भएको निर्वाचनमा काठमाडौं जिल्लाको क्षेत्र नम्बर १ बाट सम्पन्न चुनावमा संसदका उम्मेद्वार हुनुभयो भने आफ्ना विपक्षी नेपाली कांग्रेसका प्रकाश मान सिं संग ८१८ मतले पराजित हुनुभयो।

एउटै उद्देश्य र आदर्श बोकेका विवेकशील र साझा बीच समन्वय भयो र पार्टी एकता समेत भयो तर रवीन्द्र मिश्रको “ one man show“ शैली र जथाभावी पदाधिकारीहरु हुल्ने तथा नाम चलेका व्यक्तिलाई उच्च पदमा नियुक्ति दिएकै कारण विवेकशील र साझा बीचको एकता लामो समयसम्म टिक्न सकेन र असन्तुष्ट विवेकशील समुह साझाबाट बिना वार्ता छुट्टियो। सधै काठमाण्डौलाई केन्द्रविन्दु बनाएको साझाले पछिल्लो समयमा काठमाण्डौ बाहिर पार्टी बिस्तार गर्न तीब्रता दिएको थियो। हालै सम्पन्न उपनिर्वाचनमा कास्कीमा रजनी के सी लाई उमेरद्वार बनाएको साझाले नराम्रो निर्वाचन परिणाम भोग्नुपर्यो।

नेपाली कांग्रेसमा आफ्नो भविष्य उज्ज्वल नदेखेर साझा पार्टीमा हामफाल्नुभएकी रजनी के सी कास्कीबाट नराम्रो पराजय भोग्नुलाई पार्टीको दोष नभई उमेरद्वार स्वयंमा देखिएको आडम्बरी हो भनी कतिले अडकल काटेका छन भने पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यका अनुसार देशलाई राजनीतिक रोग मुक्त गर्न लागि परेको साझा पार्टीले यो काम कति जटिल रहेछ भनेर यस चुनावी परिणामबाट अनुभव गरेको बताउनुहुन्छ भने संयोजक रवीन्द्र मिश्र स्वयंले, “ हुन त तथ्याङ्क पछि आउला तर कास्कीका सबै चुनावी केन्द्र घुम्दा अधिकांशमा युवा मतदाता अत्यन्तै न्यून देखिए, जुन कम्तिमा २ जना मतदान अधिकृतले पुष्टी गरे। दशौँ लाख युवा विदेशमा भएकोले र बाँकिमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको हुनसक्छ, जुन देश रूपान्तरणका लागि चिन्ताजनक विषय हो।” भनी ट्विटर मार्फत आफ्नो मनको बह पोख्नुहुन्छ।यदि देश रुपान्तर गर्न युवालाई अघि सार्ने हो भने जिम्मेवारी पनि युवाकै काधमा हस्तारण गर्नुपर्छ न की अर्को राजनैतिक पार्टीमा आफ्नो भविष्य नदेखेका वा बिदेशमा नाम कमाएकालाई पार्टी पद दिएर पार्टीलाई दिलोज्यान दिनेलाई लत्याउनु नै हुन्छ।

राजनैतिक जीवनमा आशलाग्दो परिणाम हात पर्न नसकेपनि आज विवाह वार्षिकोत्सव परेको रवीन्द्र मिश्र र उहांकी धर्मपत्नी सारिका मिश्रलाई शुभकामना ।

This website uses cookies to improve your web experience.