Skip links

रवीन्द्र मिश्रले भने : तानाशाह बन्ने ओलीको प्रयास विफल

Originally Published on farakdhar.com | विवेकशील-साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह हुनबाट रोकेको बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि मिश्रले यस्तो बताएका हुन्।

‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ’, उनले भनेका छन्, ‘तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

This website uses cookies to improve your web experience.