Skip links

संसद्को भाषणप्रति रवीन्द्र मिश्रको व्यङ्ग्य : ‘एउटा अपराधीले अर्को अपराधीलाई पालैपालो आरोप’

Originally Published on annapurnapost.com | काठमाडौं : विवेकशिल साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद्मा एउटा अपराधीले अर्को अपराधीलाई पालैपालो अपराधको आरोप लगाइरहेको भन्दै व्यङ्ग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेताहरुले एक अर्कोलाई आरोप लगाएको भन्दै उनले यस्तो व्यङ्ग्य गरेका हुन्।

मिश्रले संसद्लाई सिनेमामा लगेर तुलना गरेका छन्। उनले आफूले दर्शकका रुपमा मनोरञ्जन लिइरहेको बताउँदै दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने टिप्पणी गरेका छन्। ‘एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले आर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु।’ मिश्रले फेसबुकमार्फत भनेका छन्,‘तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला?’

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि छलफल जारी रहेको छ। मा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार नभएको दाबी गरेका हुन्। मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गरे। प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ। मत विभाजनका क्रममा  हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ।

This website uses cookies to improve your web experience.