Skip links

कांग्रेस, माओवादीले न्यायमूर्तीमाथि महाअभियोग लगाएका थिए: मिश्र

Originally Published on sancharkarmi.com | काठमाडौं: विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिलेको अवस्था आउनुमा नेपाली कांग्रेस-माओवादीलागयत पनि उत्तिकै दोषी रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले न्यायमूर्ती सुशीला कार्कीमाथि महाअभियोग लगाएको स्मरण गरेका छन् ।

उनले भनेका छन्,‘हामी सबै प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतविरूद्ध खनिएका छौँ। हाम्रो सम्झना शक्तिको डोरी छोटो छ। हामी के नबिर्सौँ भने नेपाली कांग्रेस र माओवादी मिलेर कुनैबेला सुशीला कार्की जस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए ।’

तीनले अनगिन्ती भ्रष्टाचार, अख्तियारको दुरुपयोग र गैर–कानूनी काम गरेको उल्लेख गर्दै मिश्र भन्छन्,‘अहिले पनि यिनले झण्डै ३ महिनाको समय पाउँदा समेत सरकार बनाउन सकेनन्। अहिलेको स्थितिका लागि यी कम जिम्मेवार छैनन् ।’

This website uses cookies to improve your web experience.