गत दुई दशकदेखि व्यावहारिक परोपकारी, लेखक, परोपकारी पत्रकार र कवि रहँदै आएका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। राजनीति विवेकशील साझा पार्टीलाई धेरैले, खासगरी युवाहरूले, नेपालको रूपान्तरणका लागि एउटा आशाको रूपमा हेर्दै आएका छन्। सन् २०१७ मै भएको प्रतिनिधिसभाको चुनावमा मिश्रले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहका प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिए। नेपालका ठूला दलमध्ये एक नेपाली काँग्रेसका तत्कालीन महामन्त्री तथा उपप्रधानमन्त्री भइसकेका सिंहले काठमाण्डू क्षेत्र नं १ बाट दुई पटक चुनाव जितिसकेका थिए। उनीसँग मिश्र ८१८ मतको झिनो अन्तरले पराजित भए। तर चुनावभन्दा केही महिनाअघि मात्रै गठन भएको पार्टीका लागि त्यो चानचुने उपलब्धि थिएन। यद्दपी, २०७९ सालको स्थानीय निर्वाचनमा विवेकशील साझाले अनपेक्षितरूपमा निराशाजनक परिणाम ल्याएपछि, खराब नतिजाको पूर्णत: नैतिक जिम्मेवारी लिँदै मिश्रले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिए। एकै पुस्ताभित्र नेपालको रूपान्तरण गर्ने मिश्रको एक मात्र सपना रहेको छ। सुशासनको वकालत गर्दै आएका उनले विगतमा ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भ्रष्टाचारविरोधी अभियान पनि चलाएका थिए। मिश्र निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका दृढ वकालतकर्ता हुन्। ती तिनै विषय नागरिकका आधारभूत मानव अधिकार भएको र त्यसमा कुनै पनि निहुँमा सम्झौता हुन नसक्ने उनको धारणा छ। पुस्तक मिश्रका कल्याणकारी लोकतन्त्र तथा राजनीतिसँग सम्बन्धित स्तंभ-निबन्धहरूको सङ्ग्रह ‘राजनीतिसँगै राजकाज’, व्यावहारिक परोपकार तथा परोपकारी पत्रकारितासँग सम्बन्धित स्तंभ-निबन्ध सङ्ग्रह ‘खान पुगोस् दिन पुगोस्’, राजनीतिक तथा सामाजिक विषयमाथिका विश्लेषणहरू समेटिएको ‘भूमध्यरेखा’ र कविताहरूको संगालो ‘रवीन्द्र मिश्रका कविता’ प्रकाशित छन्। ती चार पुस्तकमध्ये तीनवटा पुस्तकको लेखकश्व बापतको रकम मिश्रले चितवनस्थित अति सीमान्तकृत चेपाङ समुदायलाई सहयोग गर्दै आएका छन्। अहिलेसम्म उनले १२ लाख रुपैयाँ सो समुदायलाई सहयोग गरिसकेका छन्। मिश्रको पछिल्लो पुस्तक ‘राजनीतिसँगै राजकाज’ को रोयल्टी बापत आउने रकम विवेकशील साझा पार्टीलाई जानेछ। पत्रकारिता बीबीसीमा कार्यरत रहँदा उनले ‘द वर्ल्ड टुडे’, ‘न्यूजआवर’ जस्ता चर्चित कार्यक्रममा काम गर्नुका साथै बीबीसी विश्व सेवाको सामाचार कक्षमा पनि काम गरे। लन्डनस्थित बीबीसी मुख्यालयमा १५ वर्ष काम गरेपछि सन् २००९ को एप्रिलमा उनले स्थायी रूपमा नेपाल फर्कने निर्णय गरे। सो, आफ्नो जीवनमा अहिलेसम्म गरेका उत्कृष्ट निर्णयमध्ये एक भएको उनी ठान्दछन्। मिश्रले आफ्नो पत्रकारिता जीवनमा माओवादी सशस्त्र द्वन्द्वकाल, राजदरबार हत्याकाण्ड, राजाद्वारा शासनसत्ता आफ्नै हातमा लिएको घटना, राजतन्त्रको अन्त्य र सङ्घीयता तथा धर्मनिरपेक्षताको घोषणाजस्ता नेपालका अत्यन्त महत्त्वपूर्ण र उतारचढावपूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियालेर विश्लेषण तथा संप्रेषण गरेका छन्। पत्रकारिताका सबै मञ्च — छापा, अनलाइन, रेडिओ तथा टेलिभिजन — मा काम गरिसकेका मिश्र खासगरी जानकारीयुक्त, सटिक, गहिरो र दिशानिर्देश गर्ने प्रकृतिको अन्तर्वार्ता तथा लेखनका निम्ति परिचित छन्। शिक्षा परोपकार हेल्प नेपालले सयभन्दा बढी कक्षाकोठा, साना विद्यालय भवन र पुस्तकालय बनाउन सघाएको छ। सो संस्थाले अहिले पनि बाढी-पहिरो, आगलागी लगायतका विपद्मा नेपालभरि सहयोग गर्ने गर्छ। सन् २०१५ को शक्तिशाली भूकम्पपछि राहत कार्यक्रममा हेल्प नेपालले महत्त्वपूर्ण तथा अग्रणी भूमिका निर्वाह गरेको थियो। हेल्प नेपालले हाल सिन्धुपाल्चोक र दोलखा जिल्लामा दुईवटा ‘नमूना’ विद्यालय निर्माणमा मद्दत गरिरहेको छ। ती दुवै विद्यालय सन् २०१५ को भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। राजनीतिमा संलग्न भएपछि सम्भावित स्वार्थको द्वन्द्वको अवस्था आउन नदिन मिश्रले हेल्प नेपालबाट आफूलाई अलग गरेका थिए। यद्यपि, उनले व्यक्तिगत रूपमा परोपकारी कामहरू गर्दै आएका छन्। गत दुई दशकदेखि व्यावहारिक परोपकारी, लेखक, परोपकारी पत्रकार र कवि रहँदै आएका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। राजनीति विवेकशील साझा पार्टीलाई धेरैले, खासगरी युवाहरूले, नेपालको रूपान्तरणका लागि एउटा आशाको रूपमा हेर्दै आएका छन्। सन् २०१७ मै भएको प्रतिनिधिसभाको चुनावमा मिश्रले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहका प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिए। नेपालका ठूला दलमध्ये एक नेपाली काँग्रेसका तत्कालीन महामन्त्री तथा उपप्रधानमन्त्री भइसकेका सिंहले काठमाण्डू क्षेत्र नं १ बाट दुई पटक चुनाव जितिसकेका थिए। उनीसँग मिश्र ८१८ मतको झिनो अन्तरले पराजित भए। तर चुनावभन्दा केही महिनाअघि मात्रै गठन भएको पार्टीका लागि त्यो चानचुने उपलब्धि थिएन। यद्दपी, २०७९ सालको स्थानीय निर्वाचनमा विवेकशील साझाले अनपेक्षितरूपमा निराशाजनक परिणाम ल्याएपछि, खराब नतिजाको पूर्णत: नैतिक जिम्मेवारी लिँदै मिश्रले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिए। एकै पुस्ताभित्र नेपालको रूपान्तरण गर्ने मिश्रको एक मात्र सपना रहेको छ। सुशासनको वकालत गर्दै आएका उनले विगतमा ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने भ्रष्टाचारविरोधी अभियान पनि चलाएका थिए। मिश्र निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका दृढ वकालतकर्ता हुन्। ती तिनै विषय नागरिकका आधारभूत मानव अधिकार भएको र त्यसमा कुनै पनि निहुँमा सम्झौता हुन नसक्ने उनको धारणा छ। पुस्तक मिश्रका कल्याणकारी लोकतन्त्र तथा राजनीतिसँग सम्बन्धित स्तंभ-निबन्धहरूको सङ्ग्रह ‘राजनीतिसँगै राजकाज’, व्यावहारिक परोपकार तथा परोपकारी पत्रकारितासँग सम्बन्धित स्तंभ-निबन्ध सङ्ग्रह ‘खान पुगोस् दिन पुगोस्’, राजनीतिक तथा सामाजिक विषयमाथिका विश्लेषणहरू समेटिएको ‘भूमध्यरेखा’ र कविताहरूको संगालो ‘रवीन्द्र मिश्रका कविता’ प्रकाशित छन्। ती चार पुस्तकमध्ये तीनवटा पुस्तकको लेखकश्व बापतको रकम मिश्रले चितवनस्थित अति सीमान्तकृत चेपाङ समुदायलाई सहयोग गर्दै आएका छन्। अहिलेसम्म उनले १२ लाख रुपैयाँ सो समुदायलाई सहयोग गरिसकेका छन्। मिश्रको पछिल्लो पुस्तक ‘राजनीतिसँगै राजकाज’ को रोयल्टी बापत आउने रकम विवेकशील साझा पार्टीलाई जानेछ। पत्रकारिता बीबीसीमा कार्यरत रहँदा उनले ‘द वर्ल्ड टुडे’, ‘न्यूजआवर’ जस्ता चर्चित कार्यक्रममा काम गर्नुका साथै बीबीसी विश्व सेवाको सामाचार कक्षमा पनि काम गरे। लन्डनस्थित बीबीसी मुख्यालयमा १५ वर्ष काम गरेपछि सन् २००९ को एप्रिलमा उनले स्थायी रूपमा नेपाल फर्कने निर्णय गरे। सो, आफ्नो जीवनमा अहिलेसम्म गरेका उत्कृष्ट निर्णयमध्ये एक भएको उनी ठान्दछन्। मिश्रले आफ्नो पत्रकारिता जीवनमा माओवादी सशस्त्र द्वन्द्वकाल, राजदरबार हत्याकाण्ड, राजाद्वारा शासनसत्ता आफ्नै हातमा लिएको घटना, राजतन्त्रको अन्त्य र सङ्घीयता तथा धर्मनिरपेक्षताको घोषणाजस्ता नेपालका अत्यन्त महत्त्वपूर्ण र उतारचढावपूर्ण घटनाक्रमहरूलाई नजिकबाट नियालेर विश्लेषण तथा संप्रेषण गरेका छन्। पत्रकारिताका सबै मञ्च — छापा, अनलाइन, रेडिओ तथा टेलिभिजन — मा काम गरिसकेका मिश्र खासगरी जानकारीयुक्त, सटिक, गहिरो र दिशानिर्देश गर्ने प्रकृतिको अन्तर्वार्ता तथा लेखनका निम्ति परिचित छन्। शिक्षा परोपकार हेल्प नेपालले सयभन्दा बढी कक्षाकोठा, साना विद्यालय भवन र पुस्तकालय बनाउन सघाएको छ। सो संस्थाले अहिले पनि बाढी-पहिरो, आगलागी लगायतका विपद्मा नेपालभरि सहयोग गर्ने गर्छ। सन् २०१५ को शक्तिशाली भूकम्पपछि राहत कार्यक्रममा हेल्प नेपालले महत्त्वपूर्ण तथा अग्रणी भूमिका निर्वाह गरेको थियो। हेल्प नेपालले हाल सिन्धुपाल्चोक र दोलखा जिल्लामा दुईवटा ‘नमूना’ विद्यालय निर्माणमा मद्दत गरिरहेको छ। ती दुवै विद्यालय सन् २०१५ को भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। राजनीतिमा संलग्न भएपछि सम्भावित स्वार्थको द्वन्द्वको अवस्था आउन नदिन मिश्रले हेल्प नेपालबाट आफूलाई अलग गरेका थिए। यद्यपि, उनले व्यक्तिगत रूपमा परोपकारी कामहरू गर्दै आएका छन्। रवीन्द्र मिश्रको बारेमा
मिश्रले सन् २०१७ को फेब्रअरी अन्त्यमा बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएर साझा पार्टीको स्थापना गरेका थिए। पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा कल्याणकारी लोकतन्त्रको दर्शन बोकेर स्थापना भएको उक्त पार्टीले स्थापनाको पाँच महिनापछि सन् २०१७ को जुलाई महिनामा विवेकशील नेपाली दलसँग एकीकरण गरेको थियो। तत्पश्चात, पार्टीको नाम विवेकशील साझा पार्टी राखियो।
मिश्र नेपालमा सर्वाधिक विक्री भएका मध्येका चारवटा पुस्तकका लेखक हुन्।
मिश्रले नेपाल टेलिभिजनमा एक वर्ष, र पाकिस्तानको लहोरमा स्नातकोत्तर गर्दै गर्दा त्यहाँको अग्रणी अंग्रेजी दैनिक ‘द न्युज इन्टरन्याशनल’ मा दुई वर्ष काम गरेका थिए। तत्पश्चात, उनी सन् १९९४ मा कार्यक्रम उत्पादकका रूपमा लन्डनस्थित बीबीसी नेपाली सेवामा आबद्ध भए। मिश्र सन् २००६ मा बीबीसी नेपाली सेवाका प्रमुख भएका थिए।
मिश्रले अङ्ग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमशः त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभरसिटी अफ लण्डनको स्कूल अफ ओरिएण्टल एण्ड अफ्रिकन स्टडिज् (बेलायत) बाट स्नातकोत्तर गरेका छन्।
लन्डनमा हुँदा मिश्रले समान सोच भएका साथीहरूसँग मिलेर हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्था स्थापना गरे जसका शाखाहरू विभिन्न १४ मुलुकमा छन्। रवीन्द्र मिश्रको बारेमा
मिश्रले सन् २०१७ को फेब्रअरी अन्त्यमा बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएर साझा पार्टीको स्थापना गरेका थिए। पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा कल्याणकारी लोकतन्त्रको दर्शन बोकेर स्थापना भएको उक्त पार्टीले स्थापनाको पाँच महिनापछि सन् २०१७ को जुलाई महिनामा विवेकशील नेपाली दलसँग एकीकरण गरेको थियो। तत्पश्चात, पार्टीको नाम विवेकशील साझा पार्टी राखियो।
मिश्र नेपालमा सर्वाधिक विक्री भएका मध्येका चारवटा पुस्तकका लेखक हुन्।
मिश्रले नेपाल टेलिभिजनमा एक वर्ष, र पाकिस्तानको लहोरमा स्नातकोत्तर गर्दै गर्दा त्यहाँको अग्रणी अंग्रेजी दैनिक ‘द न्युज इन्टरन्याशनल’ मा दुई वर्ष काम गरेका थिए। तत्पश्चात, उनी सन् १९९४ मा कार्यक्रम उत्पादकका रूपमा लन्डनस्थित बीबीसी नेपाली सेवामा आबद्ध भए। मिश्र सन् २००६ मा बीबीसी नेपाली सेवाका प्रमुख भएका थिए।
मिश्रले अङ्ग्रेजी साहित्य, पत्रकारिता तथा अन्तर्राष्ट्रिय राजनीतिमा क्रमशः त्रिभुवन विश्वविद्यालय (नेपाल), पञ्जाव विश्वविद्यालय (पाकिस्तान) र युनिभरसिटी अफ लण्डनको स्कूल अफ ओरिएण्टल एण्ड अफ्रिकन स्टडिज् (बेलायत) बाट स्नातकोत्तर गरेका छन्।
लन्डनमा हुँदा मिश्रले समान सोच भएका साथीहरूसँग मिलेर हेल्प नेपाल नेटवर्क नामक परोपकारी संस्था स्थापना गरे जसका शाखाहरू विभिन्न १४ मुलुकमा छन्।