शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता
Originally published on annapurnapost | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।