Skip links

काठमाडौं १ बाट उम्मेदवारी घोषणा गर्दै रवीन्द्र मिश्रले प्रकाशमानलाई सोधे–१५ वर्ष सांसद बनेर के भयो ?

Originally published on lokaantar | हालैमात्र राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बानेश्वरमा आफू समर्थकको भेलामार्फत मिश्रले उम्मेदवारी घोषणा गरेका गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाए । ‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ । उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो ?’, उनले प्रश्न गरे ।

बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताए । ‘यहाँका सांसद बाल्यकालमा बागमतीको पानी पिउनु हुन्थ्यो, अहिले छुन सकिँदैन । बागमतीको यो अवस्थाबारे संसद्मा कति पटक आवाज उठाउनु भयो ?’ उनले प्रश्न गरे ।

Leave a comment

This website uses cookies to improve your web experience.