Skip links

रवीन्द्र मिश्र भन्छन् : पूर्व पत्रकार भन्न पनि लाज लाग्छ

Originally published on nepalkhabar | बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रवीन्द्र मिश्रले आफूलाई पत्रकार भन्न पनि लाज लागेको बताएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा मकवानपुरको हेटौँडामा चलिरहेका बेला मिश्रले आफूलाई पूर्व पत्रकार भन्न पनि लाज लागेको बताएका हुन्।

मिश्रले देशका प्रधानमन्त्री र आशा गरिएका नेता पार्टी आवद्ध पत्रकार युनियनमा गएर भाषण दिएको भन्दै रुपान्तरणको आशा गर्न नसकिने बताएका हुन्।

‘देशका प्रधानमन्त्री र आशा गरिएका नेता पार्टी आवद्ध पत्रकार युनियनमा गएर आदर्शको भाषण दिन्छन्’, उनले भनेका छन्, ‘पत्रकार, प्राज्ञ, कर्मचारी, वकिल सबैलाई झोले बनाउनेले भोलि सुशासन दिने? त्यस्ता ‘दलीय’ पेशागत संगठन भङ्ग गर्न माग नगर्ने नेताबाट कृपया रूपान्तरणको आश नगर्नोस्।’

उनले सच्चा पत्रकारले पनि कुनै दलप्रति आस्था राख्न सक्ने तर्क गर्दै तर उसले दलआवद्ध युनियन खोल्न वा युनियन सदस्यता लिन मिल्छ? भन्दै प्रश्न गरेका छन्।

उनले एउटै सरकारी कार्यालयमा सातवटा युनियनको बोर्ड झुन्डाएर, सर्वोच्चमा दलनिकट न्यायाधीश पठाएर सुशासन नआउने पनि बताए।

‘हेरूँला, एउटा सरकारी कार्यालयमा सातवटा युनियनको बोर्ड झुण्डाएर अनि सर्वोच्चमा दलीय आस्थाका आधारमा न्यायाधीश पठाएर तपाईँले आश गरेको नेताले कसरी सुशासन र समुन्नति दिने रहेछन्’, उनले भनेका छन्।

उनले युवा नेताहरुतिर प्रश्न गर्दै युवा नेताहरुले बोल्नुपर्नेमा जोड दिएका छन्।

‘यस्तो पनि हो? बोल्नु पर्दैन तपाईँहरू?’, उनले भनेका छन्, ‘बुढा नेतालाई गाली गरेर, हटाएर मात्रै देश बन्छ?’

Leave a comment

This website uses cookies to improve your web experience.