सुकुम्बासी बस्तीमा रवीन्द्र मिश्रको घरदैलो
Originally published on nepalkhabar | काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्र मंगलबार भोट माग्दै बुद्धनगरको सुकुम्बासी स्तीमा छिरे।
सरकारले हटाउने भनेपछि आतंकित रहेका उनीहरुले मिश्रसँग सुरक्षाको अपेक्षा गरे।
उनी सुकुम्बासी बस्ती पुग्दा कोही कलबाट पानी तानिरहेका थिए त कोही गफ लगाउँदै बसिरहेका थिए।
मिश्रलाई आफ्नो बस्तीमा देखेपछि केही वृद्धहरु सुरक्षाको आशासहित रुन थाले। मिश्र उनीहरुलाई आश्वस्त पार्न लागिरहेका थिए।
सुकुम्बासी बस्तीबासीले मिश्रलाई आफ्ना अनेक समस्या सुनाए भने त्यहाँबाट नहटाउने ग्यारेन्टी पनि खोजे।
मिश्रले पनि उनीहरुलाई आश्वस्त पार्दै आफूलाई मतदान गरिदिन आग्रह गरे। मंगलबार अर्का उम्मेदवार रमेश खरेल पनि मिश्र सँगसँगै चुनावी अभियानमा बुद्धनगर क्षेत्रमा देखिएका थिए।