Skip links

रवीन्द्र मिश्र अब राप्रपाका वरिष्ठ उपाध्यक्ष

Originally published on Baahrakhari | काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् । उनी बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

राप्रपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्नेछन् ।

राप्रपा प्रवेश गरेपछि उनको वरीयता के हुन्छ भन्ने खुलाइएको छैन । “उहाँ वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ । तर, वरीयता भने के हुन्छ भन्ने फाइनल भइसकेको छैन,” श्रेष्ठले बाह्रखरीसँग भने ।

मिश्र साझा पार्टीका अध्यक्ष तथा विवेकशील नेपाली दलसँग एकीकरणपश्चात् पार्टी संयोजक बनेका थिए । स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि संयोजक पदबाट राजीनामा दिँदै साधारण सदस्य बने । साधारण सदस्यबाट पनि उनले केही दिनअघि राजीनामा दिएका थिए ।

‘विचारभन्दा माथि देश सिद्धान्त’ भन्दै उनी राजसंस्थाको पक्षमा खुलेका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.