Skip links

रवीन्द्र मिश्र राप्रपामा गए मानार्थ वरिष्ठ उपाध्यक्ष मात्रै !

Originally published on Shilapatra | विवेकशील साझा पार्टीको नेतृत्व छाडेर राप्रापा प्रवेशका लागि प्रयास गरिरहेका रवीन्द्र मिश्र राप्रपामा दोस्रो वरीयताको नेता बन्न चाहान्छन् । तर उनले दाबी गरेको वरीयतामा ल्याउन पार्टीभित्रैका नेताहरू तयार छैनन् ।

उपाध्यक्षहरू बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच दोस्रो वरीयतामा को रहने भन्ने विवाद  जारी रहेका बेला मिश्रको प्रवेश पार्टीभित्र रुचाइएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देन पछाडिको वरीयताको कुर्सीमा को रहने विवादले मिश्रको राप्रपा यात्रा रोकिएको छ । ‘अध्यक्ष ज्यूको चाहना मात्र हो । उहाँले कार्यकर्ता भर्ती गरिरहनु भएको छ । पार्टीभित्र मिश्रलाई अस्वीकार गर्ने पंत्ति ठूलो छ,’ राप्रपाका एक नेताले शिलापत्रसँग भने ।

पार्टी चलाउन नसकेको र भएको संगठन पनि भद्रगोल पारेका मिश्रलाई पार्टीमा स्वागत गर्न धेरै महत्व दिनुनपर्ने ती नेताले बताए । ‘उहाँ वरिष्ठ उपाध्यक्ष हुने भनेको मानार्थ मात्र हो । वरीयतामा निर्वाचित उपाध्यक्षभन्दा तलै हुनुहुन्छ,’ ती नेताले भने ।

Leave a comment

This website uses cookies to improve your web experience.