Skip links

मत परिणामले भ्रष्टाचार र असक्षमतालाई अनुमोदन गर्‍यो : रवीन्द्र मिश्र

Originally Published on annapurnapost.com | काठमाडौं : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शनिबार सम्पन्न उपनिर्वाचनले भ्रंष्टचार र असक्षमतालाई अनुमोदन गरेको आरोप लगाएका छन्।

आफ्नो पार्टीले कास्की, धरान, भक्तपुर र दाङमा दिएको उम्मेदवारी र भड्किलो प्रचारप्रसार अनुसार मत ल्याउन नसकेपछि रविन्द्रले सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएका हुन्।

‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ’, मिश्रले फेसबुकमा लेखेका छन्।

सँगै उनले उपचुनावको परिणामले हेहनत गर्नुपर्ने सन्देश दिएको बताएका छन्। ‘उपचुनावले साझा पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ’, मिश्रले थप लेखेका छन्, ‘जुन हामी दिलोज्यान दिएर गर्नेछौँ।’

This website uses cookies to improve your web experience.