‘हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ ?’ : रवीन्द्र मिश्र
Originally Published on farakdhar.com | साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरु सरकारमा गएको भए पनि अहिलेको सरकारले जस्तो जनताका संवैधानिक अधिकारमाथि धावा नबोल्ने बताएका छन् । सधैँ आलोचना मात्र गर्ने तर केही नगर्ने ? भन्ने आफूहरुमाथि प्रश्न उठ्ने गरेको बताउँदै संयोजक मिश्रले त्यसको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
‘हामीलाई सोधिन्छ, आलोचनामात्र गरेर हुन्छ, तपाईँहरू सरकारमा भए के गर्नुहुन्थ्यो ? अहिलेको परिप्रेक्षमा भन्नुपर्दा, जनताको संवैधानिक अधिकारमाथि धावा बोल्दैनथियौँ’, उनले आज बिहान ट्विट गर्दै भनेका छन्, ‘सरकारी संयन्त्र र विषयगत विज्ञहरूको सहयोगमा जनतालाई राहत दिन दिनरात मरेर काम गथ्यौँ। भ्रष्ट र स्वार्थलिप्त हुँदैनथियौँ ।’