नेपाललाई इमानहीन सत्ताको श्राप लागेको छ : रवीन्द्र मिश्र
Originally Published on nagariknews.nagariknetwork.com | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई ‘इमानहीन सत्ताको श्राप’ लागेको बताएका छन्।
बिहीबार ट्विट गर्दै उनले आफूहरू ‘इमानसहितको सत्ता’का संघर्ष गरिरहेको पनि दाबी गरेका छन्।
‘इमानहीन सत्ता ‘श्राप’ हो। इमानसहितको सत्ता ‘धर्म’ हो। बाँकी सबै भ्रम हो,’ मिश्रले लेखेका छन्, ‘नेपाललाई दशकौंदेखि इमानहीन सत्ताको श्राप लागेको छ। हामी देशमा समावेशी सुशासन, समतामूलक समृद्धि र गौरवपूर्ण स्वाभिमान स्थापित गर्न ‘इमानसहितको सत्ता’का लागि संघर्षरत छौं। यात्रा कठिन छ तर लक्ष्यमा पुग्नेछौं।’