रवीन्द्र मिश्रले भने : तानाशाह बन्ने ओलीको प्रयास विफल
Originally Published on farakdhar.com | विवेकशील-साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह हुनबाट रोकेको बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि मिश्रले यस्तो बताएका हुन्।
‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ’, उनले भनेका छन्, ‘तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’