Skip links

देशका सरकारी र गैरसरकारी संस्था राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् ।

साउन १५ खिर खाने दिनको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा  उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरू राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरू बाहिरिएको बताए ।

उनले भने, ‘यो देश राष्ट्रको रूपमा अथवा राष्ट्र चलाउने राज्यको रूपमा क्षयकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुँदा हुँदा न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुँदा एक वर्षमा ७ लाख युवाहरू बाहिर जाने गरेका छन् । ’

उपाध्यक्ष मिश्रले दक्ष युवाहरू बाहिरिइरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरूले विवेकको प्रयोग गरेर मतदान गर्नु पर्ने बताए ।

उनले भने, ‘दक्ष नेपालीहरू बाहिरिइरहेको छ, अनि देश कसले चलाउने, युवाहरूको लागि देश कसले बनाउने यो कुरा एकदमै महत्त्वपूर्ण छ र यो अहिलेका युवाहरूले नबुझेको जस्तो लाग्छ । बहकाएर र पुरानो तरिकाले भोट दिँदा राजनीतिमा इमानदारिता, क्षमता र परिपक्वता हराएको छ । युवाहरूले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्छ । ’

Source: फरकधार

Leave a comment

This website uses cookies to improve your web experience.