Skip links

एउटै व्यक्ति पाँचचोटि प्रधानमन्त्री हुनु गौरव होइन, लजास्पदः रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री बन्नु लज्जाको कुरा भएको तर्क गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले  पाँचचोटि प्रधानमन्त्री हुनु गौरवको कुरा नभई लजास्पद कुरा भएको तर्क गरेका हुन् ।

‘आर्थिक अवस्था न्यून छ र नेताहरु कुनै पनि बेला पाँचचोटि बाट सातचोटिसम्म प्रधानमन्त्री बन्न तयार भएर बसेका छन् ।

पाँचपटक प्रधानमन्त्री हुनु गौरवको कुरा हैन लजास्पद कुरा हो,’ उनले भने, ‘तीनचोटि चारचोटि मन्त्री हुनु भनेको लज्जाको कुरा हो । त्यो गर्वको कुरा होइन । त्यो भनेको देशलाई अस्थिर बनाएको र प्रधानमन्त्री भएर पनि केही गर्न नसकेको प्रमाण हो ।’

धेरैपटक प्रधानमन्त्री हुनुभन्दा आफ्नो नेतृत्वमा के काम भयो भन्ने कुरा महत्वपूर्ण भएको उनको भनाइ छ ।

Source: फरकधार

Leave a comment

This website uses cookies to improve your web experience.