Skip links

सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज : राप्रपा उपाध्यक्ष मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले, सबै भ्रष्टाचार काण्ड वर्तमान व्यवस्थाका उपज भएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले नक्कली भुटानी शरणार्थी प्रकरण, एनसेल प्रकरण, सुन तस्करी प्रकरण सबै यही व्यवस्थाका उपज भएको बताए ।

‘संसारमा त्यस्तो कुनै देश छैन जसले वेतनधारी कर्मचारीतन्त्रको युनियन बनाएर त्यस देशले प्रगति गरेको होस् । अथवा संवैधानिक नीतिमा यस्तो धेरै हस्तक्षेप गरेर त्यो सुशासन दिन सकियोस्,’ उनले भने, ‘त्यसैले यो एनसेल, सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणहरुको कुरा गर्नु सबै अर्थहीन हुन्छ । यो सबै वर्तमान व्यवस्थाको उपज हो ।’

नेपालको संविधानले कर्मचारीतन्त्र, न्यायपालिका र पेसाकर्मीहरुलाई राजनीतिमुक्त राख्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘हामी सबै मिलेर सबैभन्दा पहिले शान्ति स्थापना, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अन्तर्राष्ट्रिय सम्मानलाई सुरक्षित राख्यौँ । जसले नेपालको संवैधानिक निकायहरुलाई राजनीति मुक्त राखोस् ।’

Source: फरकधार

Leave a comment

This website uses cookies to improve your web experience.