Skip links

२०४६ सालपछि नेपालको सबैभन्दा बहुआयामिक र सफल नेता प्रचण्ड : रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २०४६ सालपछि नेपालको ‘सबैभन्दा बहुआयामिक र सफल नेता’ प्रधानमन्त्री प्रचण्ड भएको बताएका छन्।

जनयुद्ध दिवसका दिन (फागुन १ गते) ११ वर्षअघि प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको हित र अहितको विषयलाई पर राखेर नेपाली शैलीको राजनीतिको परिप्रेक्ष्यमा विश्लेषण गर्ने हो भने २०४६ सालपछिको नेपालका सबैभन्दा बहुआयामिक र सफल नेता प्रचण्ड हुन्।’

यसो भनेर उनले आफ्नो पोस्टमा प्रचण्डको प्रशंसा भने गरेका होइनन्।

उनले अगाडि लेखेका छन्, ‘छिमेकीदेखि, अपवादलाई छोडेर, नेपाली नेता, बुद्धिजीवी, प्राज्ञ, पत्रकार र समाजको ठूलो हिस्सा ‍सबैलाई समयअनुसार लटरपटर पारिदिने क्षमता कसैमा छ भने त्यो प्रचण्डमै छ। कम्तीमा पनि गत २५ वर्षको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ।’

जनयुद्ध दिवसप्रति व्यंग्य गर्दै मिश्रले ‘प्रचण्ड दिवसुको शुभकामना!’ भनेका छन् भने  ‘जनयुद्ध दिवस’ प्रचण्ड व्यक्तित्वको एउटा पाटो मात्र भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको आलोचनामा लामो स्टाटस लेखेका उनले भनेका छन्, ‘…फागुन १ गते कुन दिवस हो भनेर किन विवाद गर्नु! ९४ प्रतिशत सांसद र तिनलाई साथ दिनेहरूले फागुन १ गतेलाई ‘प्रचण्ड दिवस’ नै भनेर मनाए हुन्छ नि!’ प्रचण्डमार्गी सबैलाई प्रचण्ड दिवसको शुभकामना!

 

Source: नेपालखबर

Leave a comment

This website uses cookies to improve your web experience.