नेपाल अन्तर्राष्ट्रिय भूराजनीतिकाे द्वन्द्वमा फस्याे, सम्हाल्न गाह्रो छ : रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाल अन्तर्राष्ट्रिय भूराजनीतिकाे द्वन्द्वमा फसेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले यसकारण देश सम्हाल्न गाह्रो भएकाे जिकिर गरे ।
राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताए ।
संघीयतापछि भ्रष्टाचार वडा-वडामा पुगेको भन्दै उनले संघीयतामा तल-तलसम्म अधिकार पुर्याउने नाममा भ्रष्टाचार लगिएको आरोप लगाए ।
‘पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सीमित थियो, बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो,’उनले भने, ‘गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो ।’
बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जाने गरेकाे उल्लेख गर्दै उनले भने, ‘२१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन्, हामी नैतिक संकटको तल्लो तहमा पुगेका छौँ ।’
चीन र भारत सर्वशक्तिमान बन्दै गइकाले अन्तर्राष्ट्रिय भूराजनीति अहिले एसियातिर सिफ्ट भएकाे उनकाे दाबी छ । उनले भने, ‘अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भने पनि यो सम्हाल्न गाह्रो अवस्था छ ।’
Source: फकरधार