Skip links

आविष्कार केन्द्रलाई बजेट नदिनु सरकारको लापरवाहीः रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले महावीर  पुनको आन्दोलनलाई पार्टीको समर्थन रहेको बताएका छन्।

शनिवार माइतीघर मण्डला पुगेर मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता व्यक्त गरे।

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए। उनले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पन् िस्पष्ट पारे।

‘सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ। बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ। हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ,’ उनले भने।

मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए। उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवर्द्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए।

‘आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न सक्दैन । सबै राजनीतिक दलका नेताहरु पनि यहाँ आउनुपर्छ। चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्ने बाहेक कुनै काम भएन। वार्ताबाट अहिले यो विषय कसरी उजागर हुन्छ,’ उनले भने।

Source: Setopati

Leave a comment

This website uses cookies to improve your web experience.