Skip links

रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, आज उम्मेदवारी घोषणा

Originally published on lokaantar | राष्ट्रिय प्रजातन्त्र पार्टीमा बुधवारमात्रै वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रवार एक औपचारिक कार्यक्रम नै आयोजना गरेर राप्रपाबाट काठमाडौं १ का लागि उम्मेदवारी घोषणा गर्न लागेका छन् ।

विवेकशील साझा पार्टीबाट अलग्गिएर मिश्र राप्रपा प्रवेश गरेपछि उनले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

उनले यसपटक हलो चुनाव चिन्ह लिएर चुनावमा जाँदैछन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका हुन्।

उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने तयारीमा रहेको बताउँदै आफ्नो क्षेत्रका मतदातालाई कार्यक्रममा निम्तो पनि दिएका छन्।

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए।

Leave a comment

This website uses cookies to improve your web experience.