Skip links

संविधान निर्माण गर्ने दलले नै संविधानको उल्लंघन गरे : रवीन्द्र मिश्र

Originally published on annapurnapost | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं- १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिश्रले पार्टीको सहमतिमा हलो चिन्हका साथ काठमाडौं १ बाट उम्मेदवारी दिने निर्णय भएको बताए।

उनले जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने स्पष्ट पारे । उनले काठमाडौंमा देखिएको समस्याहरु महानगरसँग मिलेर समाधान गर्ने प्रतिवद्धता जनाए । मिश्रले आफूलाई क्षेत्र नम्बर १ मा निर्वाचित गरे जनताले सोचेको भन्दा बढि काम गरेर देखाउने दावी गरे।

मिश्रले संविधान निर्माण गर्ने दलले नै सबैभन्दा बढी संविधानको उल्लङ्घन गरेको तर पूर्वराजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको पालना गरेको तर्क गरे।

Leave a comment

This website uses cookies to improve your web experience.