Skip links

उम्मेदवारी दर्तापछि रवीन्द्र मिश्रले भने- सामाजिक सञ्जालमा गुनासो गरेर परिवर्तन आउँदैन

Originally published on onlinekhabar | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको चुनावमा पनि काठमाडौं-१ बाट चुनाव लडेका उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

मनोनयन दर्ता गराएपछि मिश्रले भने, ‘यो देशका लागि, आफ्नो परिवारका लागि । छोराछोरीको भविष्यको लागि, वर्तमानको लागि तपाईंले मन र मत बदल्नुहोस, सामाजिक सञ्जालमा गुनासो गरेर मात्र केही परिवर्तन आउनेवाला छैन ।’

Leave a comment

This website uses cookies to improve your web experience.