Skip links

मधेसमा विभेद छ : रवीन्द्र मिश्र

सभालाई सम्बोधन गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्र। तस्बिर : अन्नपूर्ण

Originally Published on annapurnapost.com | सिरहा : मधेसलाई रुवाएर सिंहदरबार शान्त रहन नसक्ने साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले बताएका छन्। सिरहाको गोलबजारमा आयोजित जिल्ला संयोजक घोषणा सभा तथा सम्बोधन कार्यक्रममा उनले मधेसको नाममा राजनीति गरी सिंहदरबार छिर्ने शान्त भएर बस्न नसक्ने पनि बताए।

पञ्चायत फालेर बहुदल आयो, बहुदल फालेर लोकतान्त्रिक गणतन्त्र आयो तर पनि मधेसले आफ्नो अधिकार नपाएको संयोजक मिश्रको भनाइ छ। ‘पञ्चायत, बहुदलमा पनि केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिको नाममा मधेसी जनताको भावनामाथि खेलवाड गरे, लोकतन्त्रमा पनि मधेसी जनताको भावनामा खेलबाड भइरहेको छ,’ उनले भने,‘मधेसी जनताले आफ्नो अधिकार प्राप्त गरेको अझै पनि हामीले महसुस गर्न सकेका छैनौं।’

आजपनि एउटा झुपडीबाट स–साना बालक बोराको टुक्रा बोकेर विद्यालय जान्छ, त्यही बिछ्याएर बस्छ र फर्केर बेलुका त्यही बोरामा सुत्छ त्यस्ता व्यक्तिको जीवनमा आजपनि खासै परिवर्तन आउन नसकेको संयोजक मिश्रले बताए। ‘संघीयता, समावेसीता र समानुपातिकको नाममा आफ्ना  श्रीमती, नातेदारलाई सांसद बनाएको छ, के यही मधेसले खोजेको अधिकार ?’ उनले प्रश्न गरे।

‘मधेसमा विभेद छ। प्रताडित छ तर, हामीले बुझनुपर्ने कुरा के छ भन्ने मधेससँगै पहाड र हिमालका गरिब जनतापनि प्रताडित छन्,’ उनले भने,‘मधेसले पहाड र हिमाल बोल्नुपर्यो। पहाड र हिमालले मधेस बोल्नुपर्यौ। अनि यो देश बन्छ।’

This website uses cookies to improve your web experience.