Skip links

ज्ञानेन्द्र र पारसबारे पत्रकार रवीन्द्र मिश्रको टिप्पणी

Originally Published on www.onlinekhabar.com |  चर्चित पत्रकार रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका बारेमा सटिक टिप्पणी गरेका छन् ।

बीबीसीका पत्रकार मिश्रले पूर्वराजा ज्ञानेन्द्रलाई ‘अराजकीय राजा र राजकीय पूर्वराजा’को संज्ञा दिएका छन् ।

पूर्वयुवराज पारस शाह बैंककमा गााजासहित पक्राउ परेको सन्दर्भ जोडेर पत्रकार मिश्रले आफ्नो फेसबुक स्टाटसमा यस्तो टिप्पणी गरेका छन् :

अहिले पूर्वयुवराज पारसको तस्वीर हेरेर उनीप्रति अधिकांशले साहानुभूति प्रकट गरिरहेका छन्। जुन स्वभाविक छ र त्यो मानवीयताको संकेत पनि हो।

तर, त्यत्तिकै सहानुभूतिका पात्र पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमल पनि हुन्। ज्ञानेन्द्र सानैमा राजा भएत्यो गुमाए। दाइको सारा परिवार हत्याकाण्डमा गुमाए। धेरैले त्यसको आरोप उनैमाथि लगाए। फेरी राजा भए। दाइको सारा सम्पत्ति पाए।

त्यसपछिविस्तारै राजाले पाउने गरेको सम्मान गुमाएराजगद्दी गुमाएराजतन्त्र गुमाएआफ्नो भैसकेको दाईको सारा सम्पत्ति गुमाए र एउटा भएको छोरोको पनि त्यस्तो हाल छ।

ती सबै प्रतिकूल अवस्थामा उनले धैर्यशालिनता र शिष्टता कहिले गुमाएनन्। राजतन्त्र नै समाप्त हुने गरि राजगद्दी त्याग्दासमेत उनी मुस्कुराइरहे। कहिले निकृष्ट तहमा ओर्लिएनन्।

मलाई अचम्म लागेको कुरा चाहिँ के भनेती सारा गुणहरू उनी राजा हुँदा कहाँ गएका थिए ?

त्यसैले मैले भन्ने गरेको छु – ज्ञानेन्द्र अराजकीय राजा र राजकीय पूर्वराजा’ हुन्।

धेरै टिप्पणीकारहरूले सुझाएजस्तै पारस शाहालाई सहयोगको आवश्यक्ता छघृणाको होइन।

यो स्थितिमा घृणा गर्नेहरुले बुझ्नुपर्छ: हामीहाम्रा परिवार र आफन्तजन पनि सबै मानिस नै हौं। भोलि कसलाई कहाँकस्तो संकट आइपर्छकसले भन्न सक्छ ?

This website uses cookies to improve your web experience.