रविन्द्र मिश्रको दावी – एउटा नयाँ शक्ति आउँछ, त्यसले देश बनाउँछ

Rabindra Mishra New Force Article

हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्याे । तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन ।

भ्रष्ट र नष्ट, पात्र र प्रवृत्ति

विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन् । उनीप्रति धेरै मानिसको श्रद्धा र विश्वाश छ । हिजो झापा आइपुगेपछि एकजना पाका व्यक्तिले विश्वप्रकाशजीको बारेमा टिप्पणी गर्दै भने– विश्वप्रकाश भ्रष्ट चाहिँ बन्न सक्दैनन् । उनको कुरामा मैले थपें– विश्वप्रकाश भ्रष्ट नबने पनि नष्ट हुन सक्छन् । किन त्यसो भनें मैले ? माछाहरुमा राम्रोलाई जलकपुर भनिन्छ । जलकपुरलाई हिले माछाको पोखरीमा हालेर हुन्छ ? विश्वप्रकाश हिले माछाको पोखरीमा हालिएको जलकपुर हो । उनले आफ्नो वरिपरिको भाग सफा गरिरहेका छन् तर पोखरी नै सफा गर्न सम्भव छैन । विश्वप्रकाश जस्ताहरुलाई हामी सबैले भन्नुपर्यो– तपाईं जहाँ हुनुहुन्छ त्यो हिले पोखरी सफा गर्न तीस वर्ष प्रयास गर्नुभयो, बाँकी जीवनको अरु तीस वर्ष प्रयास गरे पनि सफा हुँदैन ।

तपाईं हामीले यति दुख पाइसक्यौं, असल पात्र र असल ठाउँ छनौट गर्न सक्दैनौं भने भावी पुस्ताले पनि दुख पाउनेछ । विपन्नहरुलाई माथि उठाउने काम समाजका पढेलेखेकाहरुको हो । यति ठूलो स्वास्थ्य महोत्सव विपन्न आफैले गर्न सक्दैनन् त्यसैले तपाईंहरु अगाडि सर्नुभयो । दुर्भाग्यको कुरा के हो भने विश्वप्रकाशजी जस्ता मानिसहरुले सिंगो देशका लागि स्वास्थ्य महोत्सव गर्नुपर्नेमा झापाको यो सानो ठाउँमा महोत्सव गर्नुपर्यो । सिंगो देश निर्माणमा विश्वप्रकाश जस्ता मानिसले खोजेको भूमिकामा उहाँहरु सफल हुन धेरै गाह्रो छ । किनभने फोहोरको स्रोतमा बसेर सफाको अपेक्षा गर्नुको अर्थ हुन्न ।

यसमा पात्रको समस्या कि प्रवृत्तिको ? प्रवृत्ति कसले निर्माण गर्छ ? पात्रले होइन र ? पात्र नै ठिक छैनन् भने त्यो पात्रले निर्माण गर्ने प्रवृत्ति ठिक हुन सक्दैन । त्यसैले नेपालमा हरेक संस्थाहरु कमजोर हुँदै गएका छन् । हामी पात्रहरु ठिक छैनौं । हामी मञ्चबाट आदर्शको कुरा गछौं तर मञ्चबाट ओर्लिएपछि यो देश हाम्रो हो र हामीले जे गर्छाैं देशका लागि गर्नुपर्छ भनेर थोरै मानिसले मात्र सोच्छौं । सिर्फ आफ्नो बारेमा सोच्छौं । यो हामी अधिकांश व्यक्ति र परिवारको चरित्र हो ।

पढेलेखेकाले बिगारे

हेर्नुस्, यो देश पढेलेखेका मानिसले बिगारेका हुन् । झापाको गाउँमा हलो जोतेर खेति गर्ने या मजदूरी गरेर बसेका अथवा यहाँ साधारण निर्वाहमुखी काम गरेर बसिरहेका मानिसले देश बिगारेका होइनन् । पढेलेखेका र निर्णायक ठाउँमा बसेकाहरुले नै हो देश बिगारेको । त्यसकारण पात्र असाध्यै महत्वपूर्ण हुन्छ । पात्र असल हुन आवश्यक छ ।

मैले महशुस गर्दै गरेको कुरा के हो भने राजनीतिलाई असल भनिएका मानिसहरुले सुधार्न प्रयास नगर्ने हो भने सबै जनता शारीरीक, मानसिक र मनोवैज्ञानिक रुपमा विरामी बनिरहनेछन् र आउँदो धेरै वर्षसम्म विरामी नै रहिरहने छन् ।
आफ्नै खुट्टामा उभिने आयार्जनको व्यवस्था नहुनेले पूर्णकालीन राजनीति गर्न हुँदैन । आफ्नो आयआर्जन सुनिश्चित नगरी पूर्णकालीन राजनीति गर्यो भने त्यो व्यक्ति भ्रष्ट हुने र नेताहरुको अगाडिपछाडि लागेर चाकडि गर्ने बाहेक विकल्प छैन ।

यो देशमा यस्तो प्रवृत्ति भइसक्यो कि हरेक नागरिक कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएको घोषणा गर्दा उसले गर्व गर्छ । कुनै पनि सुसंस्कृत राजनीति भएको देशमा अधिकांश नागरिक स्वतन्त्र हुन्छन् । उनीहरुले गुणदोषको आधारमा भोट दिन्छन्, कुनै दलप्रति प्रतिवद्ध नागरिक थोरै मात्र हुन्छन् । चलायमान मतदाताले राम्रो दल छानेर भोट दिन्छन् ।

चेतना र उत्तेजना

हाकाहाकी मध्य दिनको घाममा डनहरुलाई टीका लगाएर नेताहरुले आफ्नो पार्टी प्रवेश गराउँछन् । यस्ता नेताहरुले देश बनाउँछन् भनेर पत्याउनुहुन्छ ? त्यस्ता नेताहरुले देश बनाउँछन् भन्नुहुन्छ भने मलाई माफ गर्नुहोला, तपाईंहरु भ्रममा हुनुहुन्छ । खराब पात्रहरुको बीचमा बसेर प्रवृत्ति सुधार्न सकिन्छ भन्ने भ्रममा नपरौं ।

अहिले गाउँगाउँमा चेतनाको नाममा उत्तेजना फैलाइएको छ । हामीले अधिकार पायौं भनेर गर्व गरेर बसेका छौं । शिक्षकलाई कालोमोसो दल्नु चेतना होइन । चौबाटोमा दसजनाले लठ्ठी बोकेर यातायात रोक्नु चेतना होइन । दसजना सांसदले संसद वैठकमा कुर्सीले हान्नु र वेल घेराउ गर्नु चेतना होइन । राष्ट्र बैंकका गभर्नरलाई ताला लगाएर थुन्नु चेतना होइन । गलत काम गर्नुलाई नै चेतना हो भन्ने भ्रममा नबसौं । चेतना र उत्तेजनालाई एकै नठानौं । अधिकार र विकासलाई सँगसँगै लग्न सकिएन भने न अधिकार स्थापित हुन्छ न विकास सम्भाव हुन्छ ।

हामीले खोजेको अधिकार पायौं होला तर चेतना सँगसँगै उत्तेजना पनि बढायो । अब उत्तेजना घटाउने काम यी दलहरुले गर्न सक्दैनन् । अहिले भएका दलहरुलाई सुधार्न प्रयास गर्यौं भने हामीले आफ्नो जीवनकालमा परिवर्तन र विकास देख्न सम्भव छैन ।

इथियोपियाको उदाहरण

कतिपय राजनीतिकर्मीहरुले भन्ने गरेका छन्– यूरोप विकास हुन दुई तीनसय वर्ष लाग्यो । तर, अब हामी दुईतीनसय वर्ष पर्खन सक्दैनौं । अहिलेको विश्वमा बीसतीस वर्षमा देशले विकासको फड्को मारेको धेरै उदाहरण छन् । इथियोपियाकै उदाहरण हेरौं । द्वन्द्व, भ्रष्टाचार र गरिबीको पर्यायका रुपमा हामीले चिनेको इथियोपिया अहिले दस प्रतिशतको हाराहारीमा तिब्र आर्थिक बिकास गरिरहेको छ । इथियोपियाली एअरलाइन्स अफ्रिकाको सबैभन्दा सफल एअरलाइन्स हो । असीवटा बोइङ छ, पचास वटा थप्दैछ ।

केही दशक अघिसम्म नेपाल जत्तिकै प्रतिव्यक्ति आय भएको दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३१ हजार डलर पुगिसक्यो, हाम्रो सातसय डलर भन्दा थोरै छ । २५ वर्ष बीचमा चीनले यूरोपको जनसंख्या जतिलाई गरिबीको रेखाभन्दा माथि लगिसक्यो । यो पचास साठी वर्ष बीचमा सिंगापुर कहाँबाट कहाँ पुगिसक्यो । सिंगापुर स्थापना हुँदा त्यो देश रहन्छ कि रहँदैन भन्ने थियो, अहिले अमेरिकाको भन्दा धेरै प्रतिव्यक्ति आय भइसक्यो ।

भूपरिवेष्ठित इथियोपियाले गर्न सक्छ भने हामीले किन सक्दैनौं ? तर, यिनै दलहरुको हातबाट नेपाल बनाउन सकिँदैन । यो देश अहिलेकै नेताहरुले बनाउँछन्, यी नेताहरुलाई दवाब दिएरै बस्नुपर्छ भन्नुहुन्छ भने म असहमत छु । कोही न कोही, कहिँ न कहिँबाट अवश्य निस्कन्छन् र देश बनाउन अघि सर्छ । त्यसरी निस्किएका उदाहरण संसारमा धेरै छन् । अब नागरिकहरुले पार्टीभन्दा माथि उठेर सोंच्नैपर्छ । होइन भने तपाईं पार्टीमा लागेकाहरु बदलिनुहोला तर देश बदलिनेवाला छैन ।

वर्तमानका पार्टीहरुलाई तिमीहरु सुध्र, सुध्रँदैनौं भने तिमीहरु सकिन्छौ, तिमीहरुको अस्तित्व समाप्त हुन्छ भन्ने नयाँ शक्ति जरुर अगाडि आउनेछ ।

(झापाको मेचीनगरमा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा पत्रकार मिश्रले व्यक्त गरेको विचारको सम्पादित अंश)

Source: Athaiprahar.com

SHARE

3 COMMENTS

  1. हार्दिक शुभकामना
    बातावरणनै यस्तो बनिसक्योकी अब भिन्न र स्वच्छ बिचार नैतिक धरातल मा अब्बल, र सबल चेतना को सम्बाहक बनेर आउने पर्छ |

  2. सबैले पार्टी खाेल्दा यस्तै अादर्श शब्द र वाक्यकाे प्रयाेग गर्दछन् । डाक्टर बाबुराम प्रतिकाे जनताकाे विस्वास अाजसम्म अाईपुग्दा बेलुनमा भरेकाे पानी जस्तै भयाे । तपाईं चाहिँ भारत वा युराेपियन युनियनकाे एजेन्ट हैन भन्ने विश्वास गर्ने अाधार प्रष्ट हुनसक्छ भने तपाईकाे साेचसंग मेराे साेच मेल खायाे । कमसे कम साेच त सकारात्मक छ ।

  3. Hearty Best Wishes. You are started to do great . I m really appreciated with you. I am your fan best wisher too. I am always with you. I am dalit science student. I study lot n try to do something in society but many political parties has their own selfishness so They are destroying our family our home our community our society our village our ward our VDC our District Our Zone Our Development area Our Beautiful Country. Noone want to do for Dalit Muslim Madhesi Janajati Poor family. Our political leader cannot change our Beautiful country. We need good education good health good job good security good peaceful good infrastructure development good economic development good farming system good scientific technology in every infrastructure sector for development. Our road have to be good with scientific technology with scientific system. We can change our country. We can make our country great. no need to argue dalit with government that we need rights. what a system is going here. that is disgusting system . So we need rule. that covers all people not only madhesi not only dalit not only brahmins not only men not only women. This Saja Party needs to cover all people by equal eyes .we all are human beings . we have to respect our history but negative system need to eleminate from every community vilage home VDC District every area of our country.

    We have a great power. We have to identify our power. We can change nicely fastly than we imagine . Be bold Be strong Be brave Be humble .
    Strength is life . Weakness is death.
    Best wishes from my side.

    I am ananda Nepali . My home is in Gulmi Kharjyang ward no 3. My email id: ananda.nepali99@gmail.com.
    You are our leader. you have to do leadership whole nation. I am always with you. I need you. you need us n me.

Comments are closed.